नेपालगन्ज १६ साउनः बारबरा फाउण्डेशनले कोरोना महामारीमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, व्यवस्थापक र सहयोगीसहित ८० जना तथा ७ वटा संस्थालाई कोभिड –१९ विशेष सम्मान प्रदान गरेकोछ ।
सो क्रममा बारबरा फाउण्डेशनले भेरी अस्पताल नेपालगन्जका मेसु डाक्टर प्रकाश थापा, प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर राजन पाण्डे र नर्सिङ अधिकृत शीला शर्मा लगायत सात जनालाई विशेष सम्मान प्रदान गरेकोछ ।
शनिबार काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच उनीहरुलाई सम्मान गरिएको हो । यसरी सम्मान पाउनेमा भेरी अस्पतालका डाक्टरद्वय थापा र पाण्डे, नर्सिङ अधिकृत शर्मा तथा नर्सिङ स्टाफ मधु गुरुङ, एलिना विक, ल्याबका सह– इन्चार्ज प्रसिद्ध ढकाल र सरसफाइकर्मी कविता डिसीलाई विशेष सम्मान प्रदान गरेको हो ।
चिकित्सा क्षेत्रबाट डाक्टर पाण्डे, अस्पताल प्रशासनबाट डाक्टर थापा, नर्सिङबाट शर्मा, गुरुङ र विक, प्रयोगशालाबाट ढकाल र सहयोगीको तर्फबाट डीसी सम्मानित भएका हुन् ।
यस्तै डाक्टर पाण्डेले सम्मानसंगै २ लाख ५० हजार प्राप्त गरेकाछन् । भने नर्सिङ स्टाफ शर्मा, गुरुङ र विकलाई जनही एक लाख ५० हजार नगद रुपैयाँसहित सम्मान गरिएको छ । त्यसैगरि ढकाल र डीसीलाई जनही १–१ लाख नगदसहित सम्मान प्रदान गरिएको भेरी अस्पतालकी नर्सिङ अधिकृत शर्माले जानकारी दिइन् ।
यसैगरि डाक्टर थापालाई पनि २ लाख ५० हजारसहित सम्मान गरिएकोछ । फाउण्डेशनका अध्यक्ष डाक्टर सन्दुक रुइतका अनुसार संस्थागत विधातर्फ भरतपुर अस्पताल, पाटन अस्पताल, नेपाल प्रहरी अस्पताल, एपिएफ अस्पताल, नेपाली सेना मृत शरीर व्यवस्थापन समूह, हामी नेपाल र नेपाल एम्बुलेन्स सेवा सहित सातवटा संस्थालाई पनि सम्मान गरिएको छ ।
फाउण्डेशनले २० जना चिकित्सकलाई जनही नगद २ लाख ५० हजार रुपैयाँसहित सम्मान प्रदान गरेको छ । यस्तै २७ जना नर्सलाई जनही १ लाख ५० हजार नगद रुपैयाँसहित सम्मान गरिएको छ ।
कोरोना भाइरस संक्रमण, व्यवस्थापन र यसको रोकथाममा अग्रणी भूमिका खेल्ने स्वास्थ्यकर्मी र संस्थालाई सम्मान गरिएको हो ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?