बारबरा फाउण्डेशन सम्मान : भेरी अस्पतालका ७ जना सम्मानित


बारबरा फाउण्डेशन सम्मान : भेरी अस्पतालका ७ जना सम्मानित

नेपालगन्ज १६ साउनः बारबरा फाउण्डेशनले कोरोना महामारीमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, व्यवस्थापक र सहयोगीसहित ८० जना तथा ७ वटा संस्थालाई कोभिड –१९ विशेष सम्मान प्रदान गरेकोछ ।

सो क्रममा बारबरा फाउण्डेशनले भेरी अस्पताल नेपालगन्जका मेसु डाक्टर प्रकाश थापा, प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर राजन पाण्डे र नर्सिङ अधिकृत शीला शर्मा लगायत सात जनालाई विशेष सम्मान प्रदान गरेकोछ ।

शनिबार काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच उनीहरुलाई सम्मान गरिएको हो । यसरी सम्मान पाउनेमा भेरी अस्पतालका डाक्टरद्वय थापा र पाण्डे, नर्सिङ अधिकृत शर्मा तथा नर्सिङ स्टाफ मधु गुरुङ, एलिना विक, ल्याबका सह– इन्चार्ज प्रसिद्ध ढकाल र सरसफाइकर्मी कविता डिसीलाई विशेष सम्मान प्रदान गरेको हो ।

चिकित्सा क्षेत्रबाट डाक्टर पाण्डे, अस्पताल प्रशासनबाट डाक्टर थापा, नर्सिङबाट शर्मा, गुरुङ र विक, प्रयोगशालाबाट ढकाल र सहयोगीको तर्फबाट डीसी सम्मानित भएका हुन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

यस्तै डाक्टर पाण्डेले सम्मानसंगै २ लाख ५० हजार प्राप्त गरेकाछन् । भने नर्सिङ स्टाफ शर्मा, गुरुङ र विकलाई जनही एक लाख ५० हजार नगद रुपैयाँसहित सम्मान गरिएको छ । त्यसैगरि ढकाल र डीसीलाई जनही १–१ लाख नगदसहित सम्मान प्रदान गरिएको भेरी अस्पतालकी नर्सिङ अधिकृत शर्माले जानकारी दिइन् ।

यसैगरि डाक्टर थापालाई पनि २ लाख ५० हजारसहित सम्मान गरिएकोछ । फाउण्डेशनका अध्यक्ष डाक्टर सन्दुक रुइतका अनुसार संस्थागत विधातर्फ भरतपुर अस्पताल, पाटन अस्पताल, नेपाल प्रहरी अस्पताल, एपिएफ अस्पताल, नेपाली सेना मृत शरीर व्यवस्थापन समूह, हामी नेपाल र नेपाल एम्बुलेन्स सेवा सहित सातवटा संस्थालाई पनि सम्मान गरिएको छ ।

फाउण्डेशनले २० जना चिकित्सकलाई जनही नगद २ लाख ५० हजार रुपैयाँसहित सम्मान प्रदान गरेको छ । यस्तै २७ जना नर्सलाई जनही १ लाख ५० हजार नगद रुपैयाँसहित सम्मान गरिएको छ ।

कोरोना भाइरस संक्रमण, व्यवस्थापन र यसको रोकथाममा अग्रणी भूमिका खेल्ने स्वास्थ्यकर्मी र संस्थालाई सम्मान गरिएको हो ।