देशभर थपिए ३१०६ संक्रमित, २३ जनाको मृत्यु


देशभर थपिए ३१०६ संक्रमित, २३ जनाको मृत्यु

नेपालगन्ज १६ साउनः देशभर थप ३ हजार १०६ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरिएको ९ हजार २६३ पीसीआर र ४ हजार २५६ जनाको एन्टीजेन परीक्षणका क्रममा थप ३ हजार १०६ जनामा संक्रमण पुष्टि भएको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

मन्त्रालयका अनुसार यो सँगै कुल संक्रमितको संख्या ६ लाख ९५ हजार ३८९ पुगेको छ । भने पछिल्लो २४ घण्टामा देशभरबाट थप एक हजार ९१६ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ६ लाख ५४ हजार १७७ पुगेको छ ।

यस्तै सोही अवधिमा देशभर थप २३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८५७ पुगेको छ ।