देशभर थप २५६८ जनामा कोरोना पुष्टि


देशभर थप २५६८ जनामा कोरोना पुष्टि

नेपालगन्ज १७ साउन : देशभर थप २ हजार ५६८ जनामा कोरोना संक्रमण पुष्छि भएकोछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ८ हजार ४०२ पीसीआर र ४ हजार २३४ जनाको एन्टीजेन परीक्षणका क्रममा थप २ हजार ५६८ जनामा संक्रमण पुष्टि भएको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

यो सँगै नेपालमा कुल संक्रमितको संख्या ६ लाख ९७ हजार ३७० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार २० जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ६ लाख ५६ हजार १९७ पुगेको छ ।

मन्त्रालयका अनुसार यही अवधिमा देशभर थप १८ जना संक्रमितको मृत्यु भएको छ । भने हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८७५ पुगेको छ ।