नेपालगन्ज १८ साउन : देशभर थप ३ हजार १२५ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरिएको १० हजार ६१३ पीसीआर र ३ हजार १९८ जनाको एन्टीजेन परीक्षणका क्रममा थप ३ हजार १२५ जनामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै कुल संक्रमितको संख्या ६ लाख ९९ हजार ६४९ पुगेको छ । कुल संक्रमितमध्ये ३१ हजार ६२९ जना सक्रिय संक्रमित छन् ।
यस्तै पछिल्लो २४ घण्टामा १ हजार ९२५ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ६ लाख ५८ हजार १२२ पुगेको छ ।
उक्त अवधिमा २३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८९८ पुगेको छ । हाल २८ हजार ४०५ जना होम आइसोलेसन र ३ हजार २२४ जना संस्थागत आइसोलेसनमा छन् । ३६८ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।