देशभर थप ३३८३ जनामा कोरोना पुष्टि


देशभर थप ३३८३ जनामा कोरोना पुष्टि

नेपालगन्ज १९ साउन : देशभर थप तीन हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ७१८ जनाको पीसिआर र एन्टीजेन परीक्षणमा तीन हजार ३८३ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ६३८ जनाको पिअिसार परीक्षण गर्दा दुई हजार ४४८ र र ६ हजार ८० जनाको एन्टीजेन परीक्षण गर्दा ९३५ जनामा संक्रमण पुष्टि भएको हो ।

आज देशभर एक हजार ९९४ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा २४ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ९ हजार ९२२ जना संक्रमितको मृत्यु भइसकेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

देशभर ३२ हजार ५९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये २९ हजार २२ जना संक्रमित होम आइसोलेसन र ३ हजार ३७ संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलसनमध्ये ६८६ जना आइसियुमा र १६२ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ । देशभर ३७१ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।