नेपालगन्ज २० साउन : देशभर एकैदिन थप ४ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या पछिल्लो केहीदिन यताकै सबैभन्दा बढी संख्यामा संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार २९८ जनाको पीसिआर र एन्टीजेन परीक्षणमा ४ हजार १०७ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ३५४ जनाको पीसिआर परीक्षण गर्दा २ हजार ९७५ र र ४ हजार ९४४ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार १३२ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर थप एक हजार ५३५ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ३५ जना संक्रमितको मृत्यु भएको छ ।
देशभर ३३ हजार ४६४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ७१४ जना आइसियुमा र १५६ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ ।
मन्त्रालयका अनुसरा देशभर ३७५ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?