नेपालगन्ज २१ साउन : देशभर थप ३ हजार ९३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि हिजो बुधबार ४१०७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १८ हजार ४०८ जनाको पीसिआर र एन्टीजेन परीक्षणमा ३ हजार ९३८ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ८७० जनाको पिअिसार परीक्षण गर्दा ३ हजार ७ र र ६ हजार ५३८ जनाको एन्टीजेन परीक्षण गर्दा ९३१ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै मन्त्रालयका अनुसार देशभर २ हजार १२ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ३७ जना संक्रमितको मृत्यु भएको छ ।
देशभर ३४ हजार ४२२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये ३१ हजार १०८ होम आइसोलेसनमा रहेका छन् । भने ७१३ जना आइसियुमा र १५८ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ ।
देशभर ३७५ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?