देशभर थपिए ३ हजार ९३८ जना संक्रमित


देशभर थपिए ३ हजार ९३८ जना संक्रमित

नेपालगन्ज २१ साउन : देशभर थप ३ हजार ९३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि हिजो बुधबार ४१०७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १८ हजार ४०८ जनाको पीसिआर र एन्टीजेन परीक्षणमा ३ हजार ९३८ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ८७० जनाको पिअिसार परीक्षण गर्दा ३ हजार ७ र र ६ हजार ५३८ जनाको एन्टीजेन परीक्षण गर्दा ९३१ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै मन्त्रालयका अनुसार देशभर २ हजार १२ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ३७ जना संक्रमितको मृत्यु भएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

देशभर ३४ हजार ४२२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये ३१ हजार १०८ होम आइसोलेसनमा रहेका छन् । भने ७१३ जना आइसियुमा र १५८ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ ।

देशभर ३७५ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।