नेपालगन्ज २२ साउन : देशभर थप ३ हजार ७२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १५ हजार ६७५ जनाको पीसिआर र एन्टीजेन परीक्षणमा ३ हजार ७२९ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ४९३ जनाको पीसिआर परीक्षण गर्दा २ हजार ४३० र र ६ हजार १८२ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार २९९ जनामा संक्रमण पुष्टि भएको हो ।
देशभर एक हजार ८८५ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा २५ जना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार देशभर ३४ हजार ९४२ जना सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ३१ हजार ४२७ होम आइसोलेसनमा रहेका छन् ।
यस्तै मन्त्रालयद्वारा जारी तथ्यांक अनुसार संस्थागत आइसोलेसनमा ३ हजार ५१५ भने ७३२ जना आइसियुमा र १५८ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ ।
यसैगरि देशभर ३५६ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।