कोरोना बढेसंगै कक्षा १२ को परीक्षा स्थगित गर्न बोर्डको बैठक बस्दै : अन्यौलमा ३ लाख ७४ हजार विद्यार्थी


कोरोना बढेसंगै कक्षा १२ को परीक्षा स्थगित गर्न बोर्डको बैठक बस्दै : अन्यौलमा ३ लाख ७४ हजार विद्यार्थी

नेपालगन्ज २३ साउन : देशभर कोरोना संक्रमणको दर बढेसंगै कक्षा १२ को परीक्षा स्थगित हुने भएको छ । परीक्षा आउन ८ दिनमात्र बाँकी रहँदा कक्षा १२ को परीक्षा स्थगित हुने भएको हो ।

कोरोना संक्रमणको जोखिम बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षाको मिति पुनरवलोकन गर्न भन्दै सीसीएमसीमा पत्र पठाएको थियो ।

सोही आशयको पत्र राष्ट्रिय परीक्षा बोर्डमा पठाएको सीसीएमसीका प्रवक्ता नूरहरि खतिवडाले जानाएकाछन् । सीसीएमसीले परीक्षा स्थगित गरी नयाँ मिति तय गर्न आग्रह गर्दै बोर्डलाई पत्र पठाएको छ । बोर्डले ३१ साउनदेखि ९ भदौसम्म परीक्षा गर्ने मिति तय गरेको थियो ।

यसैबीच, कक्षा १२ को परीक्षाको विषयमा छलफल गर्नका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ ।

Kanti Aarogya Hospital Nepalgunj

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेपछि आज बोर्डको बैठक बस्न लागेको हो ।

कोभिड–१९ को जोखिम बढेको भन्दै सामाजिक सञ्जालका प्रयोगकर्ताले सरकारलाई दबाब दिँदै ‘ह्यासट्याग क्यान्सिल एनइबी एक्जाम्स’ लेखेका छन् । यो वर्षको परीक्षामा ३ लाख ७४ हजार विद्यार्थी सहभागी हुँदैछन् ।