कक्षा १२ को परीक्षा स्थगित


कक्षा १२ को परीक्षा स्थगित

नेपालगन्ज २३ साउन : देशभर कोरोना संक्रमणको दर बढेसंगै कक्षा १२ को परीक्षा स्थगित हुने भएको छ । परीक्षा आउन ८ दिनमात्र बाँकी रहँदा कक्षा १२ को परीक्षा स्थगित भएको हो ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । शनिबार बसेको बोर्डको बैठकले कक्षा १२ को परीक्षा स्थगित निर्णय गरेको हो । योसंगै अब कक्षा १२ को परीक्षा कहिले हुने भन्ने टुङ्गो लागेको छैन ।

कक्षा १२ को आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म परीक्षा हुने तय गरिएको थियो । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो ।

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण फेरि फैलन थालेपछि शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

कोभिड १९ को जोखिम बढेको भन्दै सामाजिक सञ्जालका प्रयोगकर्ताले सरकारलाई दबाब दिँदै ‘ह्यासट्याग क्यान्सिल एनइबी एक्जाम्स’ लेखेका छन् । यो वर्षको परीक्षामा ३ लाख ७४ हजार विद्यार्थी सहभागी हुँदैछन ।