कोरोना संक्रमित थप १९ जनाको मृत्यु, देशभर थपिए ३२१८ जना


कोरोना संक्रमित थप १९ जनाको मृत्यु, देशभर थपिए ३२१८ जना

नेपालगन्ज २३ साउन : कोरोना भाइरस संक्रमित थप १९ जनाको मृत्यु भएकोछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पताल तथा आइसोलेसनमा रहेका १९ जना संक्रमितको मृत्यु भएको हो । योसंगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ३८ पुगेको छ ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार २१८ कोरोना संक्रमित थपिएका छन् ।

देशभर गरिएको ८ हजार ८६६ पीसीआर र ४ हजार ७०७ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ हजार २१८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

योसँगै नेपालमा कुल संक्रमितको संख्या ७ लाख १२ हजार ७४० पुगेको छ । भने कुल संक्रमितमध्ये ३५ हजार ४३२ जना सक्रिय संक्रमित छन् ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ७२२ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ६ लाख ६७ हजार २७० पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर ३२ हजार २७ जना होम आइसोलेसन र ३ हजार ४०५ जना संस्थागत आइसोलेसनमा छन् । भने ४४३ जना क्वारेन्टिन, ७४६ जना आइसीयू र १६९ जना भेन्टिलेटरमा रहेकाछन् ।