नेपालगन्ज २३ साउन : कोरोना भाइरस संक्रमित थप १९ जनाको मृत्यु भएकोछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पताल तथा आइसोलेसनमा रहेका १९ जना संक्रमितको मृत्यु भएको हो । योसंगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ३८ पुगेको छ ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार २१८ कोरोना संक्रमित थपिएका छन् ।
देशभर गरिएको ८ हजार ८६६ पीसीआर र ४ हजार ७०७ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ हजार २१८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या ७ लाख १२ हजार ७४० पुगेको छ । भने कुल संक्रमितमध्ये ३५ हजार ४३२ जना सक्रिय संक्रमित छन् ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ७२२ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ६ लाख ६७ हजार २७० पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर ३२ हजार २७ जना होम आइसोलेसन र ३ हजार ४०५ जना संस्थागत आइसोलेसनमा छन् । भने ४४३ जना क्वारेन्टिन, ७४६ जना आइसीयू र १६९ जना भेन्टिलेटरमा रहेकाछन् ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?