नेपालगन्ज २५ साउन : देशभर थप ३ हजार ६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ५९४ जनाको पीसिआर र एन्टीजेन परीक्षणमा ३ हजार ६५१ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ४४५ जनाको पीसिअसार परीक्षण गर्दा २ हजार ६०९ र र ६ हजार १४९ जनाको एन्टीजेन परीक्षण गर्दा एक हजार ४२ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै मन्त्रालयका अनुसार देशभर थप एक हजार ७८४ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । भने यही अवधिमा थप २२ जना संक्रमितको मृत्यु भएको छ । योसंगै देशभर १० हजार १०११५ जनाको मृत्यु भएको छ भने ६ लाख ७१ हजार ८३ जना संक्रमणमुक्त भएका छन् ।
देशभर ३६ हजार २८८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये ३२ हजार ९०७ होम आइसोलेसनमा रहेका छन् ।
संस्थागत आइसोलेसनमा ३ हजार ३८१ भने ७४१ जना आइसियुमा र १८६ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ । देशभर ४४१ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?