नेपालगन्ज २६ साउन : पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमितको संख्या ह्वात्तै बढेकोछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै देशभर कोरोना संक्रमित हुनेको संख्या पीसीआर विधिबाट ७ लाख २० हजार नाघेको छ भने एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७१ हजार १९८ जनामा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १९ हजार १२३ जनाको पीसिआर र एन्टीजेन परीक्षणमा थप ४ हजार ९०४ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार २१७ जनाको पीसिआर परीक्षण गर्दा ३ हजार १९४ र ५ हजार ९०६ जनाको एन्टीजेन परीक्षण गर्दा एक हजार ७१० जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै यही अवधिमा देशभर थप २ हजार ११५ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । भने पछिल्लो २४ घण्टामा थप ३५ जना संक्रमितको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार देशभर ३७ हजार ३३२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये ३३ हजार ९८५ होम आइसोलेसनमा रहेका छन् ।
संस्थागत आइसोलेसनमा ३ हजार ३४७ भने ७६१ जना आइसियुमा र १८१ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ । देशभर ३८१ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसअघि सोमबार मात्रै देशभर ३ हजार ६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने २२ जनाको मृत्यु भएको थियो ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?