नेपालगन्ज २७ साउन : देशभर थप ३ हजार ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ६५६ जनाको पीसिआर र एन्टीजेन परीक्षणमा थप ३ हजार ४८१ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ९०७ जनाको पीसिआर परीक्षण गर्दा २ हजार ६१६ र र ५ हजार ७४९ जनाको एन्टीजेन परीक्षण गर्दा ६५जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार देशभर थप एक हजार ८८५ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ३० जना संक्रमितको मृत्यु भएको छ ।
देशभर ३८ हजार ३३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये ३४ हजार ८१३ होम आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा ३ हजार २२० भने ७९६ जना आइसियुमा र १८४ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ ।
देशभर ३९९ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि हिजो देशभर थप ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । ३५ जनाको मृत्यु भएको थियो ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?