नेपालगन्ज २८ साउन : देशभर थप ३२६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा ३२ जनाले ज्यान गुमाएका छन् भने २२९४ जना संक्रमणमुक्त भएका छन् ।
यो सँगै देशभर कोरोना संक्रमित हुनेको कुल संख्या ७ लाख २५ हजार ७६९ पुगेको छ । कुल संख्यामा पीसीआर विधिबाट ७ लाख २५ हजार ७६९ जना पुगेको छ भने एन्टिजेन विधिबाट ७२ हजार ८८२ जना पुगेको छ ।
संक्रमितमध्ये ६ लाख ७७ हजार ३७७ संक्रमणमुक्त भएका छन् भने १० हजार २१२ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार १८० जना रहेका छन् । जसमध्ये ३४ हजार ८३८जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३४२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७३७ जना आईसीयू र १८३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्ष मुनिका ७३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय ७६ जना कोरोना संक्रमित थपिएका छन् ।
हाल कोरोना निको हुने दर ९३.३ प्रतिशत रहेको छ भने देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार १८० रहेको छ ।