नेपालगन्ज २९ साउनः कोरोना विरुद्धको खोप कोभिशिल्डको पहिलो डोज लगाएकालाई आजबाट दोस्रो डोज खोप लगाइँदैछ । नेपालगन्ज उपमहानगरपालिकाका अनुसार कोभिशिल्डको पहिलो डोज खोप लगाएका नागरिकलाई दोस्रो खोपको डोज लगाउन लागिएको हो ।
उपमहानगरपालिकाको २३ वटै वडामा एकैपटक कोभिशिल्डको पहिलो खोप लगाएकालाई दोस्रो मात्रा खोप आज र भोली लगाउने उपमहानगरपालिकाले जनाएकोछ ।
उपमहानगरपालिकाका सवै वडामा विहान ११ बजेदेखि कोरोना भाइरस विरुद्धको खोप कोभिशिल्ड खोप लगाएकालाई एस्ट्राजेनका खोप लगाउन सुरु गरिएकोछ ।
सरकारले यसअघि साउन २५ गतेदेखि कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका जेष्ठ नागरिकलाई दोस्रो मात्रा खोप लगाउन सुरु गरिसकेकोछ ।
सरकारले जापान र भुटानले एस्ट्राजेनका खोप उपलब्ध गराएपछि कोभिशिल्ड खोपको दोस्रो डोजको पर्खाइमा रहेका बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई यही साउन २५ गतेदेखि खोप अभियान सुरु भएको हो ।
गत फागुन तेस्रो साता ६५ वर्षमाथिका १३ लाख ३८ हजार भन्दा बढी जेष्ठ नागरिकले भारतको सेरम इन्स्टिच्यूटले विकास गरेको कोभिशिल्ड नामक खोपको पहिलो डोज लगाएका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो डोज १२ हप्तापछि लगाउनुपर्ने बताएपनि खरिद सम्झौता भएकोमध्ये १० लाख डोज खोप भारतले नदिएपछि उनीहरु दोस्रो डोज लगाउनबाट वञ्चित भएका थिए ।
सरकारले दोस्रो डोज लगाउन बाँकी ६५ वर्ष माथिका करिब १३ लाख ३८ हजार जनालाई खोप दिदैँछ ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी