नेपालगन्ज २९ साउन : देशभर थप ३ हजार ९१५ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार देशभर गरिएको ११ हजार ७०८ पीसीआर र ६ हजार ८७४ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ हजार ९१५ जनामा संक्रमण पुष्टि भएको छ ।
यो सँगै नेपालमा कुल संक्रमितको संख्या ७ लाख २८ हजार ५३२ पुगेको छ । कुल संक्रमितमध्ये ३८ हजार ७९८ सक्रिय संक्रमित छन् ।
यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट थप २ हजार ११८ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ६ लाख ७९ हजार ४९५ पुगेको छ ।
यही अवधिमा थप २७ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसंगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार २३९ पुगेको छ ।
हाल ३५ हजार ५१८ जना होम आइसोलेसन र ३ हजार २८० जना संस्थागत आइसोलेसनमा छन् । ४३९ जना क्वारेन्टाइन, ७३६ जना आइसीयू र १८६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?