नेपालगन्ज ३० साउन : देशभर थप २ हजार ६२४ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ८ हजार ६६७ पीसीआर र ४ हजार ९०६ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार ६२४ जनामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै नेपालमा कुल संक्रमितको संख्या ७ लाख ३० हजार ४७९ पुगेको छ । कुल संक्रमितमध्ये ३९ हजार ४०५ सक्रिय संक्रमित छन् । भने पछिल्लो २४ घण्टामा थप एक हजार ३२० जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ६ लाख ८० हजार ८१५ पुगेको छ ।
मन्त्रालयका अनुसार यही समयमा थप २० जना संक्रमितको मृत्यु भएको छ । योसंगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार २५९ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर ३६ हजार २ जना होम आइसोलेसन र ३ हजार ४०३ जना संस्थागत आइसोलेसनमा छन् । ४११ जना क्वारेन्टिन, ७६० जना आइसीयू र १८६ जना भेन्टिलेटरमा रहेकाछन् ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?