नेपालगन्ज ३१ साउन : नेपालगन्ज उप–महानगरपालिकाले नगरभित्रका सम्पूर्ण स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवा सुविधालाई थप प्रभावकारी बनाउने भएको छ ।
आव २०७७/७८ को जन स्वास्थ्य क्रियाकलापहरुको पालिका स्तरीय वार्षिक समीक्षाकापछि प्राप्त सुझावहरुका आधारमा नगरभित्रका सम्पूर्ण स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवा सुविधा थप प्रभावकारी बनाइने नगर उपप्रमुख उमा थापा मगरले जानकारी दिइन् ।
दिगो विकासको लक्ष्य पुरा गर्नका लागि सबैभन्दा पछाडी परेका क्षेत्र प्राथमिकतामा दिइने भन्दै उनले स्वास्थ्य सेवा चुस्त, दुरुस्तसँगै तत्काल उपलब्ध गराउनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिईन् ।
स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले उपमहानगरपालिकाभित्र सञ्चालित सम्पूर्ण स्वास्थ्य संस्थाहरुको गत आवमा भएगरेका कामको समीक्षाका आधारमा चालु आवमा प्रभावकारी काम गरिने भन्दै राम्रो काम गर्ने स्वास्थ्य संस्थालाई पुरस्कृत गरिने नीति लिन लागिएको बताए ।
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले नेपालगन्जले प्राप्त गर्ने सफलता र असफलतामा सिंगो जिल्ला जोडिने भन्दै सबै अभियान र कार्यक्रम प्रभावकारी बनाउन सुझाव दिए ।
मंगलबारसम्म चल्ने तालिममा वडा अध्यक्ष, कार्यपालिका सदस्य स्वास्थ्य संस्थाका इन्चार्ज लगायतको सहभागिता रहेको छ ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी