नेपालगन्ज ३१ साउन : देशभर थप दुई हजार २१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा गरिएको १२ हजार १०६ जनाको पीसिआर र एन्टीजेन परीक्षणमा थप दुई हजार २१२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसंगै नेपालमा कोरोना संक्रमित हुनेको कुल संख्या ७ लाख ३२ हजार ६९१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ८८ जनाको पीसिआर परीक्षण गर्दा एक हजार ७९३ र चार हजार १८ जनाको एन्टीजेन परीक्षण गर्दा ४१९ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट थप एक हजार ८६७ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ३३ जना संक्रमितको मृत्यु भएको छ ।
योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार २९२ पुगेको छ भने ६ लाख ८२ हजार ६८२ जना संक्रमणमुक्त भएका छन् ।
देशभर ३९ हजार २९८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये ३५ हजार १८ होम आइसोलेसनमा रहेका छन् ।
संस्थागत आइसोलेसनमा ४ हजार २८० भने ७५८ जना आइसियुमा र १९३ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ । देशभर ४१९ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?