नेपालगन्ज ३२ साउन : देशभर थप तीन हजार ६११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरिएको परीक्षणमा थप तीन हजार ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १५ हजार ६११ जनाको पीसिआर र एन्टीजेन परीक्षण गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ९३ जनाको पीसिआर परीक्षण गर्दा दुई हजार ५६ र पाँच हजार ५१८ जनाको एन्टीजेन परीक्षण गर्दा ८८५ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै देशभर थप दुई हजार ४५८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । भने पछिल्लो २४ घण्टामा थप ३५ जना संक्रमितको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार देशभर ३९ हजार ३७१ जना सक्रिय संक्रमित रहेको जनाएको छ । तीमध्ये ३६ हजार ३६ होम आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा ३ हजार ३३५ भने ७९५ जना आइसियुमा र १९७ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ ।
देशभर ४०२ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भने देशभर १० वर्ष मुनिका ५० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ११ देखि २० वर्ष उमेर समूहका २ सय ३ जना कोरोना संक्रमित थपिएका छन् ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?