नेपालगन्ज १ भदौ : देशभर थप तीन हजार २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १७ हजार ६८९ जनाको पीसिआर र एन्टीजेन परीक्षणमा तीन हजार २७४ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ५६५ जनाको पीसिआर परीक्षण गर्दा दुई हजार ४५६ र ६ हजार १२४ जनाको एन्टीजेन परीक्षण गर्दा ८१८ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ३७ हजार २२९ पुगेको छ ।
देशभर हजार ९२९ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा २७ एक जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार ३५४ पुगेको छ भने ६ लाख ८७ हजार ६९ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार देशभर ३९ हजार ८७१ जना सक्रिय संक्रमित रहेकाछन् । तीमध्ये ३६ हजार ५७५ होम आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा ३ हजार २९६ भने ७९० जना आइसियुमा र १९१ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ ।
यस्तै देशभर ४१५ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १० वर्ष मुनिका ६१ जना बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय ८२ जना कोरोना संक्रमित थपिएका छन् ।