नेपालगन्ज २ भदौ : देशभर थप तीन हजार ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ८३८ जनाको पीसिआर र एन्टीजेन परीक्षणमा तीन हजार २७४ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ८४९ जनाको पीसिआर परीक्षण गर्दा दुई हजार ६१३ र ४ हजार ९९९ जनाको एन्टीजेन परीक्षण गर्दा ७९० जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार देशभर थप एक हजार २ हजार १०४ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ४२ जना संक्रमितको मृत्यु भएको छ ।
देशभर ४० हजार ३३८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये ३६ हजार ८०६ होम आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा ३ हजार ५३२ भने ७७० जना आइसियुमा र १८६ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ ।
देशभर ४५७ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।