हुम्ला ३ भदौ : हुम्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–१ जैरमा कर्णाली प्रदेश सरकारको मातहतमा रहेको सामुदायिक स्वास्थ्य एकाइ एक महिनादेखि बन्द रहेको छ ।
वडा नम्बर –१ छिडी नात्तामा रहेको उक्त सामुदायिक स्वास्थ्य एकाइ एक महिनादेखि बन्द हुँदा यहाँका नागरिक स्वास्थ्य सेवा पाउनबाट वञ्चित छन् ।
स्वास्थ्यकर्मी नहुँदा उक्त स्वास्थ्य संस्था बन्द हुँदा सेवाग्राहीले घण्टौँ पैदल हिँडेर स्वास्थ्य उपचारका लागि अन्यत्र उपचार गर्न जानुपरेको स्थानीयवासीको गुनासो छ ।
विसं २०७६ देखि स्वास्थ्य एकाइ सञ्चालनमा आएको थियो। यसअघि एकाइमा एक–एक अहेव, अनमी र कार्यालय सहयोगी गरी तीन जनाको दरबन्दी छ। गाउँमा रुघाखोकीका बिरामीको सङ्ख्या बढिरहेको छ ।
स्वास्थ्यकर्मी नहुँदा थप स्थानीयवासी समस्यामा परेका छन् । एकाइमा दैनिक १०१२ सम्म बिरामी उपचारमा आउने गर्छन् ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?