काठमाण्डौं ३ भदौ : डाक्टर गोविन्द केसीले उठाएको मागप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सकारात्मक देखिएकोछ ।
मन्त्रालयले डाक्टर गोविन्द केसीले उठाएका मागप्रति संवेदनशील भएको एक प्रेस विज्ञप्ती मार्फत जनाउँदै डाक्टर केसीले उठाएका केही मागप्रति मन्त्रालयले भइरहेको प्रक्रियाबारे पनि स्पष्ट पारेको छ ।
यसअघिका मितिमा सरकारले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि गरेका सम्झौता कार्यान्वयनका लागि प्रतिबद्ध भएको समेत मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले स्वास्थ्य राज्यमन्त्रीले स्वास्थ्य तथा शिक्षामा लगानी गरेका विषयबाट अलग भएको सार्वजनिक घोषणा गरेको समेत उल्लेख गरेको छ ।
त्यसका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भइरहेको आन्दोलनका सन्र्दभमा छानविन समितिले प्रतिवेदन बुझाइसकेको र प्रतिवेदन अनुसार दोषि ठहर भएका पदाधिकारीलाई संरक्षण गर्ने नीति मन्त्रालयको नभएको समेत उल्लेख गरेको छ ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले जारी गरेको प्रेस विज्ञप्तिमा कुनै पनि विश्व विद्यालय र प्रतिष्ठानमा पदाधिकारी नियुक्त गर्दा २०७३ मा तय भएको मापदण्ड समयसापेक्ष परिमार्जन गर्नका लागि हाल छलफलको क्रममा रहेकोले उक्त परिमार्जित मापदण्ड अनुसार पदाधिकारी नियुक्ति प्रक्रिया अगाडी बढाइने जनाइएको छ ।
स्वास्थ्य मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै हिजो प्रधानमन्त्री शेरबहादुर देउवा र डाक्टर केसी बिचको भएको वार्ता पश्चात अनसन स्थगित गरेको प्रति डाक्टर केसीलाई धन्यवाद पनि दिएको छ ।

पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?