नेपालगन्ज ३ भदौ : जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार बुधबार बाँकेका थप ३१ जनामा कोरोना पुष्टि भएको छ । यी मध्ये कोहलपुर नगरपालिकाका मात्रै २५ जना छन् ।
बाँकेमा रहेका तीन वटा प्रयोगशालामा गरिएको बाहिरी जिल्लाका समेत गरी २५९ नमुना परीक्षणमा बाँकेका ३१ जनासहित ६० जनामा कोरोना पुष्टि भएको हो । यो समाचार तयार पार्दासम्म कोरोनाबाट थप मृत्यु भएको छैन । भने बुधबार थप १५ जना डिष्चार्ज भएका छन् ।
केन्द्रका अुनसार भेरी अस्पतालमा ५२, मेडिकलमा कलेज कोहलपुरमा ५ जना र बागेश्वरी ल्याबमा ३ कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्शन तेज ओलीले जानकारी दिए ।
हालसम्म बाँकेमा १७ हजार ८ सय ६७ जना संक्रमित भएका छन् । ती मध्ये १७ हजार ४ सय ११ जना निको भई डिष्चार्ज भएका छन् । संक्रमित मध्ये ३ सय २५ जनाको मृत्यु भएको छ ।
बाँकेमा १७४ जना सक्रिय संक्रमित रहँदा ५६ जना अस्पताल र आइसोलेसनमा छन् भने १५९ जना होम आइसोलेसनमा छन् । सिकिस्त बिरामीको संख्या २२ छ भने मध्यम बिरामी ३१ जना छ्न । ५ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।