नेपालगन्ज ३ भदौ : बिराट नेपाल मेडिकल ट्रष्ट बिनएमटीले बाँके जिल्लाका १० वटा स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएको छ ।
कोरोना संक्रमण नियन्त्रणमा सहयोग पुराउने उद्देश्यले ट्रष्टले स्वास्थ्य कार्यालय बाँकेसँग समन्वय गरेर पीपिई सेट, के एन ९५ माक्स, फेससिल इक्जामिनेशन् ग्लब्स, हेण्ड सेनिटाइजर हाइजिन किट र सर्जिकल माक्स लगायतका स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएको हो ।
ट्रष्टको क्षेत्रीय कार्यालयका प्रतिनिधि राजेश कुमार यादवले जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहलाई करिब ७ लाख बराबरको स्वास्थ्य सामाग्रीहरु प्रदान गरेका हुन् । ती स्वास्थ्य सामाग्रीहरु लक्ष्मणपुर, बनकटुवा, खजुरा, बनकट्टी, उदयपुर, महादेबपुरी, चिसापानी, कोहलपुर स्वास्थ्य केन्द्रका साथै टिबी नेपाल र जमुनाहा हेल्थ डेक्सलाई बितरण गरिने छ ।
ट्रष्टले नेपालमा क्षयरोग नियन्त्रणको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको छ । पछिल्ला दिनहरुमा चुनौतीपुर्ण बन्दै गएको कोरोना संक्रमण नियन्त्रणमा सहयोग पुगोस् भन्ने उद्देश्यले स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराइएको ट्रष्टका प्रतिनिधि यादवले बताए ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?