नेपालगन्ज ३ भदौ : नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाँकेले कोभिड–१९ को तेस्रो लहरको पूर्वतयारी तथा व्यवस्थापनका लागि खजुरा गाँउपालिकाको आइसोलेसन सेन्टरलाई ४ लाख वरावरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
डेनिस रेडक्रसको आर्थिक सहयोगमा रेडक्रस बाँकेद्वारा सञ्चालित कोभिड–१९ प्रतिकार्य कार्यक्रम अन्र्तगत बिहीबार खजुरास्थित पालिकाको आइसोलेसनमा पालिका प्रमुख किस्मत कुमार कक्षपति, उपप्रमुख एकमाया विकलाई रेडक्रस बाँकेका सभापति गोबर्धन सिंह ‘सम्झना’ले सो सामाग्री हस्तान्तरण गरे ।
हस्तान्तरण कार्यक्रममा पालिका प्रमुख कक्षपतिले कोभिड–१९ को तेस्रो लहरको सम्भावनालाई ध्यान दिदैँ ५० शैयाको सुविधा सम्पन्न आइसोलेसन सेन्टर स्थापना गरेको बताए । साथै, रेडक्रसले अत्यावश्यक सामाग्री हस्तान्तरणले आफुहरुलाई कोभिड– १९ विरुद्ध लड्न सहज हुने विचार व्यक्त गरे ।
पालिकाले सबैसंग हातेमालो गर्दै कोभिड–१९ विरुद्धको अभियानमा काम गरिरहेको स्मरण गर्दै रेडक्रसको सहयोग सधै प्राप्त हुने विश्वास उनले ब्यक्त गरे ।
कार्यक्रममा सुशील कोइराला क्यान्सर अस्पतालका प्रमुख डाक्टर कृष्ण प्रसाद आचार्यले स्वास्थ्यकर्मीका लागि प्रयाप्त सामाग्री हुँदा मनोवल बढ्ने र उपचारमा सहज हुने बताए । रेडक्रस बाँकेका सभापति गोबर्धन सिंह ‘संझना’ले कोभिड–१९ विरुद्धको अभियानमा रेडक्रस स्थानीय सरकारसग सधैं साथसाथै रहने बताउँदै विगत झैँ सहयोग निरन्तर हुदैँ जाने जानकारी समेत दिए ।
हस्तान्तरण कार्यक्रममा माक्स ५ हजार थान, सेनिटाइजर ५ सय एमएलको १७० थान, अक्सिजन सिलिण्डर ५ थान, सोडियम क्लोराइड ३० जार, पीपिई ८५ थान वितरण गरिएको सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए ।
हस्तान्तरण कार्यक्रममा उपप्रमुख विक, रेडक्रस बाँकेका कोषाध्यक्ष राकेश कुमार श्रीबास्तव, खजुरा गाँउपालिकाका प्रमुख कार्यकारी अधिकृत मणीराम खराल, रेडक्रस बाँकेका वरिष्ठ शाखा अधिकृत दोलख बहादुर डाँगी लगाएतको सहभागीता रहेको थियो ।