नेपालगन्ज ३ भदौ : देशभर थप तीन हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ४३८ जनाको पीसिआर र एन्टीजेन परीक्षणमा तीन हजार ७५ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ९४६ जनाको पीसिआर परीक्षण गर्दा दुई हजार ३२१ र ४ हजार ४९२ जनाको एन्टीजेन परीक्षण गर्दा ७५४ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर थप दुई हजार १२६ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । भने सोही अवधिमा थप ३३ एक जना संक्रमितको मृत्यु भएको छ ।
बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ४२ हजार २२८ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार ४२९ पुगेको छ भने ६ लाख९१ हजार २२९ जना संक्रमणमुक्त भएका छन् ।
देशभर ४० हजार ५०० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये ३७ हजार ११४ होम आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा ३ हजार ३८६ भने ७३९ जना आइसियुमा र १६८ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ । देशभर ३८५ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?