नेपालगन्ज ३ भदौ : देशभर थप तीन हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ४३८ जनाको पीसिआर र एन्टीजेन परीक्षणमा तीन हजार ७५ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ९४६ जनाको पीसिआर परीक्षण गर्दा दुई हजार ३२१ र ४ हजार ४९२ जनाको एन्टीजेन परीक्षण गर्दा ७५४ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर थप दुई हजार १२६ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । भने सोही अवधिमा थप ३३ एक जना संक्रमितको मृत्यु भएको छ ।
बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ४२ हजार २२८ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार ४२९ पुगेको छ भने ६ लाख९१ हजार २२९ जना संक्रमणमुक्त भएका छन् ।
देशभर ४० हजार ५०० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये ३७ हजार ११४ होम आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा ३ हजार ३८६ भने ७३९ जना आइसियुमा र १६८ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ । देशभर ३८५ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।