File Photo
नेपालगन्ज ४ भदौ : नेपालले चीनबाट खरिद गरेको १६ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेकोछ ।
चीनसँग खरीद गरिएको ६० लाख डोज खोपमध्ये बुधबार र बिहीबार गरी १६ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको हो ।
नेपालले चीनसँग यसअघि ४० लाख डोज भेरोसेल खोप खरीद गरिसकेको छ । स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार बाँकी ४४ लाख डोज खोप भने अगस्टको अन्तिम साता नेपाल आइपुग्ने छ ।
यसैगरि, जापानले कोभ्याक्स मार्फत उपलब्ध गराएको १६ लाख डोज खोपमध्ये बाँकी ७ लाख डोज खोप भदौ ५ र ७ गते आउने भएको छ ।
नेपालमा यअघि २४ लाख ४८ हजार कोभिशिल्ड, ५८ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एण्ड जोन्सन, १० लाख ७७ हजार ३२० एस्ट्राजेनेका गरी एक करोड ८ आठ लाख ६० हजार १७० डोज खोप आइसकेको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?