नेपालगन्ज ४ भदौ : देशभर थप तीन हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १७ हजार ६५४ जनाको पीसिआर र एन्टीजेन परीक्षणमा तीन हजार २४ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ५३० जनाको पीसिआर परीक्षण गर्दा दुई हजार ७९ र ७ हजार १२४ जनाको एन्टीजेन परीक्षण गर्दा ९६३ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै शुक्रबार देशभर दुई हजार २४४ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा २६ एक जना संक्रमितको मृत्यु भएको छ ।
नेपालमा कोरोना कोरोन संक्रमितको कुल संख्या ८ लाख २३ हजार ६४७ पुगेको छ । तीमध्ये ६ लाख ९३ हजार ५४३ जना निको भएका छन् भने १० हजार ४५५ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार देशभर ४० हजार ३०९ जना सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ३६ हजार ९२२ होम आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा ३ हजार ३८७ भने ७१४ जना आइसियुमा र १७१ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ । देशभर ४४६ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?