नेपालगन्ज ४ भदौ : कोरोना भाइरस संक्रमणकाबीच नेपाली मुस्लिम धर्मावलम्बीहरुले धुमधामका साथ ताजिया विर्सजन गरेकाछन् ।
मुस्लिम समुदायमा दुःख प्रकट गरी मनाइने मोहर्रमको अन्तिम दिन शुक्रबार धुधामकासाथ सम्पन्न भएको छ । विश्वब्यापी महामारी बनेको कोरोना भाइरस संक्रमणकाबीच मोर्हरम मनाइएको हो ।
कोरोनाका कारण प्रभावित बनेको यस वर्षको मोर्हरममा मुस्लिम समुदायको उत्साह कम पाइएको थियो । यद्यपी सीमित ब्यक्तिहरुले राखेको ताजिया तथा मुस्लिम समुदायका युवाहरुले प्रदर्शन गरेका विभिन्न कला प्रदर्शन हेर्नका लागि सर्वसाधरणको उल्लेख्य सहभागिता रहेको थियो ।
नेपालगन्ज उपमहानगरपालिकाभित्र मात्रै नभइ जिल्लाका विभिन्न पालिकामा समेत मोर्हरम पर्व मनाइएको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि सरकारले कुनैपनि धार्मिक तथा सांस्कृतिक कार्यक्रम गर्न/गराउन रोक लगाएको थियो ।
कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै देशभर सभा, समारोह, उत्सव तथा भेला नगर्न निर्देशन जारी गर्दै २५ जना भन्दा बढि भेला भएको पाइएमा कारबाही गर्ने बताएको थियो । तर, कोरोना माहामारीका बीच चाडपर्व मनाउँदै गर्दा स्वास्थ्य सम्बन्धिको सजगता र सुरक्षालाई मध्यनजर नगरिदाँ यसले थप जोखिम ल्याउनसक्ने सम्भावना बढाएकोछ ।
इस्लामी नयाँ वर्ष १४४३ हिजरीको सुरुवातसँगै तामझामका साथ मनाइने मोहर्रम पर्वलाई दस दिनसम्म विभिन्न कार्यक्रमहरू गरि मनाइएको छ ।
यसरी मनाउन थालियो मोर्हरम
ईराकको करबलाको धार्मिक युद्धमा बिभिन्न षड्यन्त्र गरेर हत्या गरिएका ईमाम हुसेन र ईमाम हुसन लगायतको सम्झनामा मोहर्रम मनाइने गरिन्छ । यो दश दिनसम्म मनाउने गरिन्छ ।
हत्या गरिएका तिनै शहिदहरुको सम्झनामा तयार गरिएका बिभिन्न प्रकारका ताजिया नजिकको कर्बलामा लगेर सेलाएपछि मोहर्रमको समापन हुन्छ ।
मोहर्रमका अवसरमा नगरका बिभिन्न स्थानमा ताजिया झकिझकाउका साथ सजाइएको थियो । सजाइएका ताजियाहरुलाई बाजागाजाका साथ ढोल र नगडाका तालमा नगरको परिक्रमा गराईएको थियो ।
ताजिया विर्सजनका क्रममा ईस्लाम धर्मावलम्बीहरुले दुःख प्रकट गर्दै विभिन्न झाँकी तथा गतिविधि समेत गरेका थिए । नगरका बिभिन्न भागको परिक्रमा गरेर फूल्टेक्रा स्थित करबलामा ताजिया विर्सजन गरिएको करबला संरक्षण समितिले जनाएकोछ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?