नेपालगन्ज ५ भदौ : कोरोना भाइरस संक्रमणका कारण देशभर थप ३० जना संक्रमतिको मृत्यु भएकोछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ३० संक्रमितको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ४८५ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ७५ कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ७ हजार ७०३ पीसीआर र ५ हजार ३७२ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार ७५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यो सँगै कुल संक्रमितको संख्या ७ लाख ४५ हजार ७३१ पुगेको छ । भने कुल संक्रमितमध्ये ३९ हजार ३२१ सक्रिय संक्रमित छन् ।
यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ३८२ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ६ लाख ९५ हजार ९२५ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर ३६ हजार १५ जना होम आइसोलेसन र ३ हजार ३०६ जना संस्थागत आइसोलेसनमा छन् । ४२३ जना क्वारेन्टिन, ७१८ जना आइसीयू र १६६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।