नेपालगन्ज ५ भदौ : कोरोना भाइरस संक्रमणका कारण देशभर थप ३० जना संक्रमतिको मृत्यु भएकोछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ३० संक्रमितको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ४८५ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ७५ कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ७ हजार ७०३ पीसीआर र ५ हजार ३७२ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार ७५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यो सँगै कुल संक्रमितको संख्या ७ लाख ४५ हजार ७३१ पुगेको छ । भने कुल संक्रमितमध्ये ३९ हजार ३२१ सक्रिय संक्रमित छन् ।
यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ३८२ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ६ लाख ९५ हजार ९२५ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर ३६ हजार १५ जना होम आइसोलेसन र ३ हजार ३०६ जना संस्थागत आइसोलेसनमा छन् । ४२३ जना क्वारेन्टिन, ७१८ जना आइसीयू र १६६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?