नेपालगन्ज ५ भदौ : पछिल्लो ३५ दिनयता थप ४८ लाख बढिले कोरोना भाइरस विरुद्धको खोप लगाएकाछन् । शेरबहादुर देउवा प्रधानमन्त्री भएयता कोरोना भाइरस संक्रमण विरुद्धको खोप लगाउनेको संख्या थप भएको हो ।
प्रधानमन्त्री कार्यालयका अनुसार यही बिहीबारसम्ममा कोरोना खोप लगाउनेको संख्या ८५ लाख २० हजार ४२१ पुगेको छ । देउवा प्रधानमन्त्री भएयता खोप लगाउनेको संख्या ४८ लाख ११ हजार ७३३ थपिएको कार्यालयले जनाएको छ ।
दुवै डोज खोप लगाउनेको संख्या भने ३७ लाख आठ हजार ६८८ पुगेको तथ्यांक छ । अहिले कोरोनाको दुवै डोज खोप लगाउने जनसंख्या १३ प्रतिशत पुगेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
पहिलो डोज लगाउने जनसंख्या भने १६.८ प्रतिशत पुगेको छ । पछिल्लो पाँच हप्ता(३५ दिन) मा कोरोनाको खोप लगाउनेको संख्या झण्डै दोब्बरले बढेको छ ।
सरकारले असोज मसान्तसम्ममा ३३ प्रतिशत जनतालाई कोरोनाबिरुद्धको खोप निःशुल्क लगाउने घोषणा गरेको छ । चैत मसान्तसम्म खोप लगाउन योग्य सबै जनतालाई निःशुल्क खोप प्रदान गर्ने सरकारले घोषणा गरिसकेको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?