देशभर १९२० जनामा कोरोना संक्रमण पुष्टि हुँदा थप २४ जनाको मृत्यु


देशभर १९२० जनामा कोरोना संक्रमण पुष्टि हुँदा थप २४ जनाको मृत्यु

नेपालगन्ज ६ भदौ : देशभर थप एक हजार ९२० कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरिएको ९ हजार ४४३ पीसीआर र ३ हजार ७३ जनाको एन्टीजेन परीक्षणका क्रममा थप एक हजार ९२० जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै कुल संक्रमितको संख्या पीसीआर तर्फ ७ लाख ४७ हजार ४३३ र एन्टीजेन तर्फ ८० हजार २०९ पुगेको छ । कुल संक्रमितमध्ये ३८ हजार ७५१ सक्रिय संक्रमित छन् । गत २४ घण्टामा २ हजार २४८ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ६ लाख ९८ हजार १७३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ५०९ पुगेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

हाल ३५ हजार ५५५ जना होम आइसोलेसन र ३ हजार १९६ जना संस्थागत आइसोलेसनमा छन् । ४२१ जना क्वारेन्टाइन, ६८१ जना आइसीयू र १६९ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।