जापान सरकारबाट अनुदान प्राप्त सबै खोप नेपाल आइपुग्यो


जापान सरकारबाट अनुदान प्राप्त सबै खोप नेपाल आइपुग्यो

नेपालगन्ज ७ भदौ : जापान सरकारबाट अनुदान प्राप्त सबै कोभिड–१९ विरुद्ध प्रयोग गरिने खोपहरू नेपाल आइपुगेका छन् ।

जापान सरकारले कोभ्याक्स मार्फत नेपाललाई प्रदान गर्ने कूल १६ लाख १४ हजार ७४० एस्ट्राजेनेका खोप मध्ये लगभग आधा जति गत श्रावण २३ र २४ गते नै नेपाल आइसकेको थियो । र, यी खोपहरू हाल सञ्चालन भइरहेको खोप कार्यक्रममा प्रयोग भइरहेका छन् । बाँकी ७ लाख ६७ हजार ४२० खोपहरू पनि भदौ ५ र आज भदौ ७ गते काठमाडौं आइपुगेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यो आए सँगै कूल १६ लाख १४ हजार ७४० खोप जापान सरकार मार्फत नेपालले प्राप्त गरेको छ । नेपालका लागि जापानका राजदूत महामहिम किकुताका अनुसार यो अनुदान जापान र नेपाल सरकारको मित्रताको प्रतिक हो । जापानी राजदुताबास पनि १६ लाख भन्दा बढि खोप प्रदान गर्न सकेकोमा खुशी छ ।

यी खोपहरू कोभ्याक्स प्रणाली मार्फत प्राप्त भएका हुन् । यस प्रणालीमा सेपी, गाभी, युनिसेफ र डब्लु एच वो साथसाथै अरु बिदेशी समुदायको संलग्नता छ ।