नेपालगन्ज ७ भदौ : जापान सरकारबाट अनुदान प्राप्त सबै कोभिड–१९ विरुद्ध प्रयोग गरिने खोपहरू नेपाल आइपुगेका छन् ।
जापान सरकारले कोभ्याक्स मार्फत नेपाललाई प्रदान गर्ने कूल १६ लाख १४ हजार ७४० एस्ट्राजेनेका खोप मध्ये लगभग आधा जति गत श्रावण २३ र २४ गते नै नेपाल आइसकेको थियो । र, यी खोपहरू हाल सञ्चालन भइरहेको खोप कार्यक्रममा प्रयोग भइरहेका छन् । बाँकी ७ लाख ६७ हजार ४२० खोपहरू पनि भदौ ५ र आज भदौ ७ गते काठमाडौं आइपुगेको छ ।
यो आए सँगै कूल १६ लाख १४ हजार ७४० खोप जापान सरकार मार्फत नेपालले प्राप्त गरेको छ । नेपालका लागि जापानका राजदूत महामहिम किकुताका अनुसार यो अनुदान जापान र नेपाल सरकारको मित्रताको प्रतिक हो । जापानी राजदुताबास पनि १६ लाख भन्दा बढि खोप प्रदान गर्न सकेकोमा खुशी छ ।
यी खोपहरू कोभ्याक्स प्रणाली मार्फत प्राप्त भएका हुन् । यस प्रणालीमा सेपी, गाभी, युनिसेफ र डब्लु एच वो साथसाथै अरु बिदेशी समुदायको संलग्नता छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?