नेपालगन्ज ७ भदौ : देशभर थप एक हजार ८०१ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरिएको ८ हजार ७०४ पीसीआर र २ हजार ६२२ जनाको एन्टीजेन परीक्षणका क्रममा थप एक हजार ८०१ जनामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै कुल संक्रमितको संख्या ७ लाख ४८ हजार ९८१ पुगेको छ । कुल संक्रमितमध्ये ३८ हजार ३५१ सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा थप एक हजार ९२४ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ९७ पुगेको छ ।
यस्तै मन्त्रालयका अनुसार यही अवधिमा २४ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ५३३ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर ३५ हजार १३२ जना होम आइसोलेसन र ३ हजार २१९ जना संस्थागत आइसोलेसनमा छन् । ३९३ जना क्वारेन्टिन, ६७९ जना आइसीयू र १७६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?