नेपालगन्ज ७ भदौ : कोरोना संक्रमणबाट ज्यान गुमाउने ब्यक्तिको परिवारले एक लाख पाउने भएकाछन् । बाँके राप्तीसोनारी गाउँपालिकाले कोरोनाबाट मृत्यु भएका व्यक्तिका परिवारलाई एक लाख रुपैयाँ दिने निर्णय गरेको हो ।
सोमबार बसेको कार्यपालिका बैठकले कोरोनाबाट मृत्यु भएका परिवारलाई एक लाख रुपैयाँ दिने निर्णय भएकोछ ।
कोरोनाबाट अकालमै मृत्यु भएका व्यक्तिका परिवारलाई एक लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउँदा केही राहत हुने भएकाले पालिकाले यस्तो निर्णय गरेको हो । गाउँपालिकाका अध्यक्ष लाहुराम थारुका अनुसार कोरोना संक्रमणबाट हालसम्म राप्तीसोनारीमा १५ जनाको मृत्यु भएको छ । भने बाँकेका ३ सय २७ जनाको मृत्यु भएको छ ।
बैठककले बाढीबाट क्षति हुन गएका घरलाई पनि २५ हजार रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ । जसका लागि मुचुल्का र फोटोसहित वडा समितिको निर्णय सिफारिस हुनु पर्ने पालिकाले जनाएको छ ।
यस्तै बैठकले गाउँपालिकाभित्र ऐलानी जग्गाको अभिलेखीकरण गर्न, जोताहलाई परिचयपत्र वितरण गर्ने कामका लागि वडा नम्बर-३ का अध्यक्ष गंगाराम थारुको संयोजकत्वमा पाँच सदस्यीय समिति समेत गठन गरेको छ ।
पालिकाले शमशेरगञ्जमा रहेको सर्पदंश उपचार केन्द्रका लागि दुई जना कर्मचारी खटाउने भएको छ । भने गतवर्ष आईई भएकामध्ये झिझिरी र परुवाबाहेक अरु खोला नालाबाट नदीजन्य पदार्थ बिक्रीका लागि टेण्डर आह्वान गर्ने, स्वास्थ्यमा पहुँच बृद्धि गर्न छोरीलाई साईकल वितरण गर्ने र प्रत्येक वडामा सहकारी दर्ता गरि सञ्चालनमा ल्याउने निर्णय भएको गाउँपालिका अध्यक्ष थारुले जानकारी दिए ।
यस्तै पालिकामा रहेका खरको छाना भएका घरको विवरण लिने र त्यसको विवरण जिल्ला समन्वय समिति पठाउने निर्णय भएको छ । अध्यक्ष थारुले नेतृत्वमा आएदेखि पालिकाले जनताको हितमा काम गरिरहेको बताउँदै पालिका बैठकबाट भएका सबै निर्णय जसरी पनि कार्यान्वयन गरिने बताए ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?