अफगानिस्तानबाट फर्किएकालाई सरकारले पोलियो खोप लगाउने


अफगानिस्तानबाट फर्किएकालाई सरकारले पोलियो खोप लगाउने

नेपालगन्ज ८ भदौ : सरकारले अफगानिस्तानबाट फर्किएकालाई पोलियो खोप लगाउने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले अफगानिस्तानमा फैलिएको पोलियो सङ्क्रमणलाई दृष्टिगत गरी सबैलाई खोप दिने निर्णय गरिएको बताए ।

Kanti Aarogya Hospital Nepalgunj

पोलियो खोप नजिकै खोप केन्द्रमा गई लगाउनसमेत अनुरोध गरिएको छ । पोलियो खोप लगाउनसमेत सुरु गरिसकिएको उनले बताए ।

अफगानिस्तान तालिवानले कब्जामा लिएपछि त्यहाँ रहेका नेपाली स्वदेश फर्किएका थिए । उनीहरुलाई सरकारले दुई चरणमा स्वदेश ल्याएको थियो । -रासस