नेपालगन्ज ८ भदौ : देशभर थप दुई हजार ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ८१० जनाको पीसिआर र एन्टीजेन परीक्षणमा थप दुई हजार ५२५ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार नौ हजार ९०९ जनाको पीसिआर परीक्षण गर्दा दुई हजार २० र चार हजार ९०१ जनाको एन्टीजेन परीक्षण गर्दा ५०५ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै सोही अवधिमा देशभर थप दुई हजार ८६ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । भने थप ३५ जना संक्रमितको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार देशभर ३८ हजार २५० जना सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ३५ हजार १४५ होम आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा ३ हजार १०५ भने ६२० जना आईसियुमा र १७० जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ । देशभर ३९५ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।