क्यान्सर अस्पताल खजुरामा पहिलो पटक दुरबिन प्रबिधिबाट ४ जना बिरामीको अप्रेशन

सरकारी अस्पतालबाटै अत्याधुनिक प्रबिधिबाट उपचार सेवा पाएपछि बिरामी लाभान्वित


क्यान्सर अस्पताल खजुरामा पहिलो पटक दुरबिन प्रबिधिबाट ४ जना बिरामीको अप्रेशन

क्यान्सर अस्पताल खजुरामा पहिलो पटक दुरबिन प्रबिधिबाट बिरामीको अप्रेशन गरिदैँ । तस्विर सौजन्य : कृष्ण अधिकारी / सेतोखरी

नेपालगन्ज ९ भदौ : बाँकेको खजुरा स्थित शुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा पहिलो पल्ट दुरबिन प्रबिधीबाट पाठेघर र डिम्बाशयका क्यान्सरका बिरामीहरुको अप्रेशन भएको छ ।

काठमाण्डौबाट आएका गाइनोकोलोजिकल अंकोलोजिष्ट (महिला क्यान्सर रोग बिशेषज्ञ ) चिकित्सकलाई ल्याएर क्यान्सर अस्पतालले चिकित्सकहरुको दुरबिन प्रबिधीबाट स्तन र पाठेघरमा क्यान्सर भएका बिरामीको अप्रेशन सेवा सुरु गरेको हो ।

काठमाण्डौबाट आएका महिला क्यान्सर रोग बिशेषज्ञ डाक्टर सुरेश कायस्थ र बिनम्र सिग्देलसहित नेपालगन्ज मेडिकल कलेज, भेरी अस्पताल र क्यान्सर अस्पताल खजुराका ८ बिशेषज्ञ चिकित्सकहरुको टोलीले पाठेघर र डिम्बाशयमा क्यान्सर भएका बिरामीहरुको अप्रेशन गरेका छन् ।

बिरामीको अवस्था हेरेर सम्भब भएसम्म दुरबिन प्रबिधिबाट र सम्भव नभएका बिरामीहरुको चिरेरै अप्रेशन गरेर उपचार गर्ने गरिएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

पहिलो दिनमा ४ जनाको दुरबिन प्रबिधिबाट र ४ जनाको चिरेरै अप्रेशन गरी उपचार गरिएको छ । क्यान्सर रोग बिशेषज्ञ सहितको चिकित्सकहरुको टोलीले ४ दिन क्यान्सर अस्पताल खजुरामा बिरामीहरुको अप्रेशन गर्ने छ । अप्रेशनका लागि १८ जना बिरामीले पालो पर्खिएका छन् ।

क्यान्सरका बिरामीहरुको उपचार सेवालाई बिस्तार गर्ने उद्देश्यले काठमाण्डौबाट बिशेषज्ञ चिकित्सकहरु ल्याएर दुरबिन प्रबिधिबाट क्यान्सरका बिरामीको अप्रेशन सहितको उपचार सेवा सुरु गरिएको अस्पतालका प्रमुख डाक्टर कृष्ण आचार्यले बताए ।

सरकारी अस्पतालमा अत्याधुनिक प्रबिधिबाट उपचार सेवा पाएपछि बिरामीहरु लाभान्वित भएका छन् ।

पछिल्ला दिनहरुमा महिलाहरुको प्रजनन अंगमा देखिएको क्यान्सर रोगको दुरबिन प्रबिधिबाट अप्रेशन गर्ने क्रम बढ्दै गएको छ । दुरबिन प्रबिधिबाट गरिने अप्रेशन सहज र प्रभावकारी हुने महिला क्यान्सर रोग बिशेषज्ञ डाक्टर सुरेश कायस्थले बताए ।

क्यान्सर अस्पतालले शुरु गरेको अप्रेशन सेवाबाट लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका क्यान्सरका बिरामीहरुहरुले सहज रुपमा उपचारका सेवा पाउन थालेका छन् ।