उफ ! नेपालगन्जको गर्मी


उफ ! नेपालगन्जको गर्मी

नेपालगन्ज: देशकै सवैभन्दा बढि गर्मी हुने बाँकेको नेपालगन्ज तातिदै गएकोछ । विहानबेलुकाको समय केही शितल भएता पनि चर्को घामसगैं चल्ने तातो हावाका कारण नेपालगन्जको जनजिवन कष्टकर बनेकोछ ।

चिसोमा अत्यधिक चिसो, वर्षातमा अत्यधिक वर्षा र गर्मीमा अत्यधिक गर्मी हुनाले पनि नेपालगन्जलाई मौसमीय दृष्टिकोणले चुनौती दिनेगरेकोछ । नेपालगन्ज लगायत पश्चिम तराईमा पछिल्लो एक सातादेखि निकै गर्मी बढेको छ । चर्को घामसँगै चलेको तातो हावाले यस क्षेत्रको जनजीवन झन् प्रभावित बनेको छ ।

जतिसुकै गर्मी भएपनि काम नगरे बिहान बेलुका हातमुख जोर्न धौँधौ हुने वर्गका लागि गर्मीले धेरै नै दुख दिएको छ । दिउँसोको टन्टलापुर घाममा गर्मीको परवाह नगरी नियमित काम गर्नुपर्ने बाध्यता धेरै विशेष गरि मजदूरलाई छ ।

नेपालगन्जमा गर्मी बढेसगैं यसक्षेत्रका दिनचर्यासमेत प्रभावित बन्दैगएकोछ । मौसममा आएको परिर्वतनका कारण नेपालगन्जको अधिकतम र न्यूनतम दुवै तापक्रम बढ्दै गएको छ । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय राँझाका अनुसार एक सातादेखि दैनिक १ डिग्री तापक्रम वृद्धि भैरहेको छ । विहीबार नेपालगन्जको अधिकतम तापक्रम ४३ डिग्री रहेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

एक सातायता नेपालगन्जको अधिकतम तापक्रम ४१ देखि ४४ डिग्री सेल्सियसको हाराहारीमा रहेको मौसम विज्ञान सहायक प्रकाश विश्वकर्माले जानकारी दिए । ‘तातो हावा र तापक्रमको वृद्धिले बढी गर्मी महसुस भैरहेको हो,’ उनले भने । गर्मी बढेसँगै विभिन्न स्वास्थ्य समस्या देखिने भएकाले चिकित्सकहरुले सजगता अपनाउन सुझाव दिएका छन् । गर्मी तथा वर्षायाममा बढी मात्रामा देखिने समस्या खाना विषाक्तता हो ।

काँचो र नपाकेको मासु, बासी खाना, पचाउन नसकिने खाद्य पदार्थले फुड प्वाइजनिङ समेत हुन्छ । यस्ता विरामीलाई वान्ता हुने, पखाला लाग्ने, ज्वरो आउने हुन्छ । अत्यधिक गर्मीमा वायु मण्डलले तातो हावा फ्याँक्छ । जसले लु लाग्न सक्छ । लु लाग्दा शरीरबाट पसिना धेरै निस्केर पानीको मात्रा कम हुन गई उत्पन्न हुने समस्या र अंगहरुले तापक्रमलाई व्यवस्थित राख्न नसक्दा मुर्छा पर्ने लगायतका नकारात्मक असर हुन्छ ।

लुबाट बच्न पर्याप्त मात्रामा पानी पीउन चिकित्सकको सल्लाह छ । गर्मीको समयमा ‘बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्मको समयमा घाममा ननिस्कने, निस्कनै परेमा शरीर छोप्ने गरि लुगा लगाउने, छाताको प्रयोग गर्नुपर्दछ । पानीको बोतल साथैमा राखी पटकपटक पानी पिउनुपर्दछ । खानामा शाकाहारी खानेकुरा, झोल पदार्थ, फलफूल प्रशस्त मात्रामा खानुपर्दछ । कडा घाममा नशालु पदार्थ सेवन गर्नु हुँदैन,’ स्वास्थ्यकर्मीहरुको भनाई रहेको छ ।

शनिबार नेपालगन्जमा यस वर्षकै सबैभन्दा बढी गर्मी महसुस गरिएको छ । एक दिनको अन्तरमा यसक्षत्रको तापक्रम ३ डिग्री बढेको छ । शनिबार नेपालगन्जको अधिकतम तापक्रम ४२ दशमलव २ डिग्री सेल्सियस रेर्कड भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार नेपालगन्जको अधिकतम तापक्रम ३९ दशमलव ४ डिग्री सेल्सियस रहेको थियो ।

अघिल्लो वर्ष अंग्रेजी महिनाको मे २६ तारिखमा नेपालगन्जको तापक्रम ४१ दशमलव २ डिग्री थियो । यसअघि पश्चिम तराईमा जेठ ८ गते सबैभन्दा बढी तापक्रम रेकर्ड भएको थियो, सो दिन धनगढीको अधिकतम तापक्रम ४१ डिग्री मापन भएको थियो ।

पश्चिम तराईको तापक्रम तत्काल घट्ने मौसमी गतिविधि नदेखिएको मौसमविद् बताउछन् । ‘पूर्वी भेगमा हल्का वर्षासँगै मौसम केही धुमिने सम्भावना भए पनि पश्चिम तराईमा त्यस्तो सम्भावना नभएकाले पश्चिमी भेगमा गर्मी अझै बढ्न सक्ने मौसमविद् बताउछन् ।