देशभर २४८२ जना संक्रमित, ४४ जनाको मृत्यु


देशभर २४८२ जना संक्रमित, ४४ जनाको मृत्यु

नेपालगन्ज ९ भदौ : देशभर थप २ हजार ४८२ जना व्यक्ति कोरोना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १५ हजार २९० जनाको पीसिआर र एन्टीजेन परीक्षण गर्दा थप २ हजार ४८२ जना संक्रमित पुष्टि भएका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ७११ ज्नाको पीसिआर परीक्षण गर्दा एक हजार ८६२ जना र ५ हजार ५७९ जनाको एन्टीजेन परीक्षण गर्दा ६२० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर ४४ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म १० हजार ६१२ जना संक्रमितको मृत्यु भएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

२४ घण्टामा देशभर १ हजार ७८१ जना संक्रमित निको भएका छन् । नेपाल संक्रमित निको हुने दर ९३ दशमलब ५ प्रतिशत रहेको छ ।

देशभर ३८ हजार २८७ जना सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ३५ हजार २५० जना संक्रमित होम आइसोलेसनमा छन्, भने ३ हजार ३७ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
यस्तै देशभर ६१० जना आइसियु, १६१ जना संक्रमित भेन्टिलेटरमा र ३९६ जना होम आइसोलेसनमा रहेका छन् ।