नेपालगन्ज ९ भदौ : देशभर थप २ हजार ४८२ जना व्यक्ति कोरोना संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १५ हजार २९० जनाको पीसिआर र एन्टीजेन परीक्षण गर्दा थप २ हजार ४८२ जना संक्रमित पुष्टि भएका हुन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ७११ ज्नाको पीसिआर परीक्षण गर्दा एक हजार ८६२ जना र ५ हजार ५७९ जनाको एन्टीजेन परीक्षण गर्दा ६२० जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा देशभर ४४ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म १० हजार ६१२ जना संक्रमितको मृत्यु भएको छ ।
२४ घण्टामा देशभर १ हजार ७८१ जना संक्रमित निको भएका छन् । नेपाल संक्रमित निको हुने दर ९३ दशमलब ५ प्रतिशत रहेको छ ।
देशभर ३८ हजार २८७ जना सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ३५ हजार २५० जना संक्रमित होम आइसोलेसनमा छन्, भने ३ हजार ३७ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
यस्तै देशभर ६१० जना आइसियु, १६१ जना संक्रमित भेन्टिलेटरमा र ३९६ जना होम आइसोलेसनमा रहेका छन् ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?