देशभर थप २४३३ जनामा कोरोना संक्रमण


देशभर थप २४३३ जनामा कोरोना संक्रमण

नेपालगन्ज १० भदौ : देशभर थप दुई हजार ४३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ३७४ जनाको पीसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ४३३ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार नौ हजार ७०२ जनाको पीसिआर परीक्षण गर्दा दुई हजार ५२ र चार हजार ६७२ जनाको एन्टीजेन परीक्षण गर्दा ५०५ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै देशभर थप एक हजार ९२९ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा २६ एक जना संक्रमितको मृत्यु भएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

मन्त्रालयका अनुसार देशभर ३८ हजार ३८४ जना सक्रिय संक्रमित रहेकाछन् । तीमध्ये ३५ हजार ३५४ होम आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा ३ हजार ३० संक्रमित छन् भने ६२० जना आइसियुमा र १६५ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ ।

यसैगरी देशभर ३६६ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।