नेपालमा कोभिड र हैजाको खोप क्लिनिकल ट्रायल हुने


नेपालमा कोभिड र हैजाको खोप क्लिनिकल ट्रायल हुने

नेपालगन्ज १० भदौ : नेपालमा कोभिड–१९ र हैजा विरुद्धको खोपको क्लिनिकल ट्रायल हुने भएकोछ ।

सरकारले दुई रोगको रोकथाम तथा उपचारमा प्रयोग हुने खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिने निर्णय गरेसंगै यो सम्भव भएको हो ।

स्वास्थ्य मन्त्रालयले औषधि व्यवस्था विभाग र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सिफारिसका आधारमा क्लिनिकल ट्रायलका लागि मन्त्रिपरिषदमा प्रस्ताव पठाएको थियो ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले कोभिड–१९ र हैजाका खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिने निर्णय गरेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

सरकारका प्रवक्ता एवम् कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र कार्कीले स्वास्थ्य मन्त्रालयको प्रस्ताव अनुसार ‘सार्स–कोभ–२–एम आरएनए’ खोप र हैजाको खोपको क्लिनिकल ट्रायलको अनुमति दिइएको हो । कोभिड–१९ खोप चीनको तीनवटा कम्पनीले उत्पादन गरेका हुन् । यस्तै, हैजाको खोप भने गेट्स फाउण्डेसनको प्रमुख लगानीमा उत्पादन भएको हो ।