नेपालगन्ज १० भदौ : नेपालमा कोभिड–१९ र हैजा विरुद्धको खोपको क्लिनिकल ट्रायल हुने भएकोछ ।
सरकारले दुई रोगको रोकथाम तथा उपचारमा प्रयोग हुने खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिने निर्णय गरेसंगै यो सम्भव भएको हो ।
स्वास्थ्य मन्त्रालयले औषधि व्यवस्था विभाग र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सिफारिसका आधारमा क्लिनिकल ट्रायलका लागि मन्त्रिपरिषदमा प्रस्ताव पठाएको थियो ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले कोभिड–१९ र हैजाका खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता एवम् कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र कार्कीले स्वास्थ्य मन्त्रालयको प्रस्ताव अनुसार ‘सार्स–कोभ–२–एम आरएनए’ खोप र हैजाको खोपको क्लिनिकल ट्रायलको अनुमति दिइएको हो । कोभिड–१९ खोप चीनको तीनवटा कम्पनीले उत्पादन गरेका हुन् । यस्तै, हैजाको खोप भने गेट्स फाउण्डेसनको प्रमुख लगानीमा उत्पादन भएको हो ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?