देशभर २०६५ जना थपिदाँ २३३७ जनाले कोरोना जिते


देशभर २०६५ जना थपिदाँ २३३७ जनाले कोरोना जिते

नेपालगन्ज ११ भदौ : देशभर थप दुई हजार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार ११७ जनाको पीसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ६५ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार आठ हजार ७५२ जनाको पीसिसार परीक्षण गर्दा एक हजार ५७७ र चार हजार ३६५ जनाको एन्टीजेन परीक्षण गर्दा ४८८ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै शुक्रबार देशभर थप दुई हजार ३३७ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा २५ एक जना संक्रमितको मृत्यु भएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

देशभर ३७ हजार ५९९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये ३४ हजार ६७६ होम आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा २ हजार ९२३ संक्रमित छन् भने ६२२ जना आइसियुमा र १७१ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ । देशभर ३६७ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।