नेपालगन्ज १२ भदौ : देशभर थप एक हजार ८५७ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरिएको ९ हजार ४०९ पीसीआर र ३ हजार ७६७ जनाको एन्टीजेन परीक्षणका क्रममा थप एक हजार ८५७ जनामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै नेपालमा कुल संक्रमितको संख्या ७ लाख ५८ हजार ८ पुगेको छ । भने कुल संक्रमितमध्ये ३६ हजार ८६६ सक्रिय संक्रमित छन् ।
यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार २२२ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ७ लाख १० हजार ४५२ पुगेको छ ।
मन्त्रालयका अनुसार यही अवधिमा थप २७ जना संक्रमितको मृत्यु भएको छ । योसंगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ६९० पुगेको छ ।
यसैगरि हाल देशभर ३३ हजार ८३५ जना होम आइसोलेसन र ३ हजार ३१ जना संस्थागत आइसोलेसनमा छन् । भने ३४६ जना क्वारेन्टिनमा, ६१५ जना आइसीयू र १७४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?