देशभर थपिए १८५७ संक्रमित, थप २७ जनाको मृत्यु


देशभर थपिए १८५७ संक्रमित, थप २७ जनाको मृत्यु

नेपालगन्ज १२ भदौ : देशभर थप एक हजार ८५७ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरिएको ९ हजार ४०९ पीसीआर र ३ हजार ७६७ जनाको एन्टीजेन परीक्षणका क्रममा थप एक हजार ८५७ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या ७ लाख ५८ हजार ८ पुगेको छ । भने कुल संक्रमितमध्ये ३६ हजार ८६६ सक्रिय संक्रमित छन् ।

यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार २२२ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ७ लाख १० हजार ४५२ पुगेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

मन्त्रालयका अनुसार यही अवधिमा थप २७ जना संक्रमितको मृत्यु भएको छ । योसंगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ६९० पुगेको छ ।

यसैगरि हाल देशभर ३३ हजार ८३५ जना होम आइसोलेसन र ३ हजार ३१ जना संस्थागत आइसोलेसनमा छन् । भने ३४६ जना क्वारेन्टिनमा, ६१५ जना आइसीयू र १७४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।