नेपालगन्ज १२ भदौ : कोरोना भाइरस महामारी नियन्त्रण तथा रोकथामको कार्यमा महत्वपूर्ण योगदान पु¥याउने विभिन्न संघसस्था तथा ब्यक्तिहरुलाई सम्मान गरिएकोछ ।
भेरी अस्पताल नेपालगन्जले कोरोना महामारीको बेलामा देश तथा विदेशमा रहेका नेपाली, विभिन्न संघसस्था र दातृ निकायले सहयोग गरेको भन्दै उनीहरुलाई सम्मान गरेको हो ।
अस्पतालले शनिबार नेपालगन्जमा एक कार्यक्रमको आयोजना गरि ७८ जना संघसंस्था र व्यक्तिलाई सम्मान गरेको छ ।
सम्मान कार्यक्रममा कोरोना संक्रमितहरुको उपचार गर्नका लागि कोभिड वार्ड निर्माण गर्न, अक्सिजन, अक्सिजन कन्सन्ट्रेटर, नगद, स्वास्थ्य सामग्री र भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्ने दाताहरुलाई सम्मान गरेको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, नेपालगन्ज उपमहानगरपालिका उप–प्रमुख उमा थापामगर, बाँकेका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारी लगायतले दोसल्ला ओढाएर सम्मानपत्रकासाथ सम्मान गरेका थिए । सोक्रममा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्ड डाक्टर प्रकाश थापाले स्वागत मन्तब्य राखेका थिए ।
सो क्रममा भेरी अस्पताल नेपालगन्जले सहयोगबापत प्राप्त सहयोगको विस्तृत विवरण सार्वजनिक गरेको छ । अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालका अनुसार स्वदेश तथा विदेशमा रहेका नेपाली, विभिन्न संघसस्थाबाट नगद ७० लाख ५० हजार ५७८ रुपैयाँ प्राप्त भएको छ । यो स्वास्थ्यसम्बन्धि प्राप्त सामाग्री बाहेकको रकम हो ।
यस्तै दोस्रो चरणको कोरोना लहरसंग सामना नगैृ गरि तत्कालिन जिल्ला संकट ब्यवस्थापन समितिको निर्णय पश्चात थप कोभिड आइसोलेसन वार्डको तयारी गर्न जिल्ला समन्वय समिति बाँकेबाट ७५ लाख, बाँकेका आठ वटै पालिकाबाट २५ लाख गरि कुल एक करोडको लागतमा थप वार्ड निर्माण गरि अस्पताललाई हस्तान्तरण भइसकेको अस्पताल विकास समितिका अध्यक्ष धितालले जानकारी दिए ।