नेपालगन्ज १३ भदौ : देशभर थप एक हजार ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १० हजार २९७ जनाको पीसिआर र एन्टीजेन परीक्षणमा थप एक हजार ३८८ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार सात हजार २५९ जनाको पीसिआर परीक्षण गर्दा एक हजार २१४ र तीन हजार ३८ जनाको एन्टीजेन परीक्षण गर्दा १७४ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै देशभर थप दुई हजार २६० जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा २४ जना संक्रमितको मृत्यु भएको छ ।
देशभर ३५ हजार ७९६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये ३२ हजार ७४४ होम आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा तीन हजार ५२ संक्रमित छन् भने ६२५ जना आइसियुमा र १६७ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ । देशभर ३४३जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?