नेपालगन्ज १४ भदौ : देशभर थप दुई हजार २९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार २३३ जनाको पीसिआर र एन्टीजेन परीक्षणमा दुई हजार २९५ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ८९२ जनाको पीसिआर परीक्षण गर्दा एक हजार ९०२ चार हजार ३४१ जनाको एन्टीजेन परीक्षण गर्दा ३९३ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै सोमबार देशभर थप एक हजार ८०८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १६ एक जना संक्रमितको मृत्यु भएको छ ।
देशभर ३५ हजार ८७४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये ३३ हजार ३३३ होम आइसोलेसनमा रहेका छन् ।
संस्थागत आइसोलेसनमा दुई हजार ५४१ संक्रमित छन् भने ५६८ जना आइसियुमा र १६० जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ । भने देशभर ३३८ जना विभिन्न क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।